INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला धुर्कोट गाउँपालिका–६ रजस्थल स्थायी घरभई बुटवल उपमनपा–६ चाँदबारी बस्ने २७ वर्षीय बिष्णु नेपालीलाई चैत १३ गते गैडहवाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २७ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले चैत १३ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो