१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–४ मदैयाका २४ वर्षीय सोयव भनिने नसिम खानलाई चैत १३ गते मर्चवारबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर दिपेश खरेललले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।