INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चंखेली गाउँपालिका–३ दार्माका ३० वर्षीय लोकबहादुर शाहीलाई चैत ११ गते गिरफ्तार गरेको छ ।

गत मङसिर ५ गते चंखेली गाउँपालिका–२ को घट्टेखोलामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १० गते उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराइले बताउनु भएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपित शाहीलाई गाउँबाटै गिरफ्तार गरेको डिएसपी भट्टराइको भनाई छ ।

प्रहरीले घटनालाई चैत ११ गते जिल्ला अदालतमा पठाएको जिल्ला अदातलतले १० दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको डिएसपी भट्टराइले बताउनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण चैत ११ गते  जिल्ला अस्पताल हुम्लामा गरिएको डाक्टर कैलाश लामाले बताउनु भएको छ ।

अन्य

भिडियो