INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसूदारमा १९ वर्ष कैद फैसला

दैलेख जिल्ला अदालतले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६ हाक्से घर भई २६ वर्षीय सिबु तामाङ्गलाईललाई १९ वर्ष कैद गरेको छ ।

न्यायाधीश बलराम लम्सालको चैत १३ गतेको इजलासबाट १९ वर्ष कैद, पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २२ रुपियाँ तिनुपर्ने फैसला भएको सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

मध्यपहाडी राजमार्गको निर्माणाधिन सडकमा मजदूरी गर्ने आरोपित तामाङ्गले आफ्नो डेरा नजिक ती बालिकालाई मोबाइलमा टिकटक देखाउने बाहनामा २०७८ चैत १६ गते राति बलात्कार गरेको भनी पीडित पक्षले दिएको सूचनाको आधारमा प्रहरी राति नै गिरफ्तार गरेको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण २०७८ चैत १७ गते दैलेख अस्पतालमा गरिएको थियो ।

घटना सम्बन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालय दैलेखले ०७९ वैशाख ६ गते दैलेख जिल्ला अदालतमा बलात्कारसम्बन्धी अभियोग पेश गरेको थियो ।

अभियोग सम्बन्धमा पुस ७ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अन्य

भिडियो