१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ २५ गते भीमदत्त नपा-४ का २४ वर्षीय राजबहादुर धामीलार्इ गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा जेठ २५ गते उजुरी परेपछि प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा जेठ २५ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर मोहन साउदले बताए ।