INSEC Online

📅 २०८३ जेष्ठ २१

पेट्रोल छर्केर आगो लगाउन खाेजेको आरोपमा एक व्यक्ति गिरफ्तार

३० वर्षीया महिलालाई पेट्रोल छर्केर आगो लगाउन खाेजेको आरोपमा प्रहरीले २०७९ चैत १० गते एक व्यक्तिलाई गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेमा तुल्सीपुर दाङका ३५ वर्षीय प्रेम केसी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो ।
मुसीकोट नगरपालिका– ४ ठाराढुङ्गामा कोठा भाडामा बस्दै आएकी महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्दा स्थानीयले थाहा पाएर पीडितको उद्धार गरेको डिएसपी भट्टराईले बताउनुभयो ।

आफ्नो शरीरभरि पेट्रोल छर्केर आगो लगाउन खोजेको तर लाइटर नबलेर मात्रै आफु बचेको पीडित महिलाले जानकारी दिनु भएको छ । चैत ८ गते घटना भएको र छिमेकीले गाउँमै मिलाउन खोज्दा मुद्दा दर्ता गर्न ढिला भएको पीडितको भनाई छ । आफ्नो ज्यान मार्न खोज्ने व्यक्तिसँग मिलापत्र नगर्ने त्यसका लागि कानुनी प्रक्रियामै जाने भन्दै आफुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले बताउनु भयो ।

आपसी लेनदेनका बिषयमा बिवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालका डिएसपी भट्टराईले जानकारी दिनुभयो । उजुरीपछि आरोपित केसी घटनास्थल नजिकै लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको र थप अनुसन्धान भैरहेको उहाँको भनाई छ ।

अन्य

भिडियो