१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय नातेदारलाई चैत ८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले चैत ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभयो ।
सधै आफूलाई कुटपिट गर्ने गरेको र घटनाको दिन पनि कुटपिट गरी छोरीलाई यौन दुर्व्यवहार गरेको पीडिकी आमाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।