२९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेका स्याङ्जा वालिङ नगरपालिकाका ४५ वर्षीय नागरिकलाई ११ वर्ष कैद सजायको फैसला भएको छ ।
न्यायाधीश रोमाकान्त ज्ञवालीको चैत्र ६ गतेको अन्तिम आदेशले अभियोग दावी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ४० हजार रुपियाँ जरिवाना र ३ लाख १० हजार रुपैयाँ क्षतीपूर्तीको फैसला गरेको इजलाश अधिकृत कृष्ण मरासिनीले बताउनुभयो ।
०७९ साउन १६ गते महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ साउन २० गते वडा प्रहरी कार्यालय वालिडमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले साउन १८ गते गिरफ्तार गरि जिल्ला सरकारी वकिल कार्यालय मार्फत् साउन २० गते बलात्कारको मुद्दा जिल्ला अदालतमा दर्ता गरेको थियो । आरोपितलाई भदौ ११ गते देखी पुर्पक्षका लागि थुनामा राखिएको थियो ।