सान्नित्रिवेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका क्रममा झडप भएपछि चैत ५ गते दुई जना घाइते भएका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताहरुले आक्रमण गरेपछि पलाता गाउपालिका–७ निवासी अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य रविन्द्र शाही र एमाले कर्णाली प्रदेश कमिटि सदस्य लक्ष्मण बम घाइते हुनु भएको छ ।
अखिल (क्रान्तिकारी) का कायकर्ताहरुले फर्जि मत खसालेको भन्दै अनेरास्ववियुका कायकर्ताले रोक्न खोजे पछि झडप भएको र क्रान्तिकारीका विद्यार्थीहरूले प्रहार गरेको ढुङ्गा मुडा लागेर रविन्द्र शाही र लक्ष्मण बमको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष धर्मबहादुर शाहीले जानकारी गराउनु भएको छ ।
अध्यक्ष शाहीका अनुसर घाइतेको उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । भने अन्य घाइतेको एकिन भएको छैन् ।
फर्जी विद्यार्थी भोटर बनाइएको भन्दै अनेरास्ववियुका विद्यार्थीहरले मतदान कार्य बहिस्कार गरेको र अखिल (क्रान्तिकारी) ले मतदान गरको क्याम्पस प्रमुख पुष्पराज सञ्ज्यालले बताउनु भएको छ ।

