१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ५, करैहियाका २० वर्षीया चन्द्रेश कुर्मीलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी अनुसन्धान सुरू गरेको इन्स्पेक्टर प्रकाश यादवले जानकारी दिनुभयो ।
आरोपितले काम छ भन्दै घरमा बोलाएर आफुमाथि बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।