१६ वर्षीया बालिकालाई मानव बेचबिखन तथा ओसारपसार र बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २९ गते छत्रकोट गाउँपालिका–१ पल्लीकोटका २३ वर्षीय राजकुमार नेपालीलाई १७ वर्ष ६ महिना कैद र ४ लाख रूपियाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बसन्तराज पौडेलको इजलासले बलात्कारको कसुरमा १२ वर्ष कैद र चार लाख रूपियाँ जरिवाना र मानव बेचबिखन तथा ओसारपसारको कसुरमा तीन वर्ष ६ महिना कैद फैसला गरेको अदालतका तहसिलदार रामबहादुर कुवंरले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७८ फागुन ७ गते भारत पुर्याएर बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दर्ता भएको थियो ।
प्रहरीले आरोपितलाई फागुन २५ गते गिरफ्तार गरेर अनुसन्धना पछि ०७८ चैत १६ गते जिल्ला अदालत गुल्मीमा मुद्दा दर्ता गरेको थियो ।