१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
घटनाका बारेमा पीडित पक्षले फागुन २४ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी दिए पछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २५ गते भेरी अस्पतालमा गरिएको छ ।