१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा भैरबी गाउँपालिका–१ रावतकोटका २८ वर्षीय दिपेन्द्रबहादुर बिष्टलाई प्रहरीले फागुन २७ गते सुर्खेतबाट गिरफ्तार गरेको छ ।
३ महिना अघि युवतीलाई बलात्कार गरेको भन्ने पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिनु भयो ।
गएको पुस २५ गते भैरबी गाउँपालिका–२ रावतकोटको जाँगेआउत खोल्सामा बलात्कार गरेको भन्दै फागुन २३ गते पीडित पक्षले उजुरीमा दिएको हो । फागुन २३ गते पीडित युवतीको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भयो ।
आरोपित गिरफ्तार पछि घटनास्थल मुचुल्का लिई सकिएको र घटनाको थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी लम्सालले बताउनु भयो ।