१६ वर्षीया बालिकालाई प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका –७ का होटल ब्लुस्काईका सञ्चालक ३६ वर्षीय नारायण क्षेत्रीविरुद्ध फागुन २२ गते उजुरी दर्ता गरेकाे छ ।
पीडितलाई आरोपितले एक महिनादेखि यौन कार्यमा लगाएको भन्दै मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा पीडितले इलाका प्रहरी कार्यालय लुम्बिनी उजुरी दिनु भयो ।
उजुरीको आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर गजेन्द्र रावतले बताउनु भयो ।
प्रलोभन देखाएर एक महिनादेखि यौन कार्यमा लगाएको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।