INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

लेकबेशी नगरपालिका-२ पुरानोगाँउकी  ३२ वर्षीया खगिसरा मिदुनलाई फागुन २१ गते कुटपिट गरेको आरोपमा प्रहरीले  ३५ वर्षीय पति यज्ञ मिदुनलाई सोही दिन गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय गुमीका अनुसार उनीहरुबीच घरयासी विवाद हुँदा खगिसरालाई आरोपितले चिरपट दाउरा प्रहार गर्दा पीडितको टाउकोमा  चोट लागेको छ ।

पीडित महिलालाई मेहेलकुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउमा ल्याएरउपचार गराइएको छ । फागुन २४ गतेसम्म नै पीडित महिला उपचारमा नै रहेको अस्पतालले जनाएको छ ।

पीडित महिलाका आफन्तले उपचारपछि मात्र कानुनी प्रक्रियामा जाने बताएका छन् ।

 

अन्य

भिडियो