२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माइजोगमाइ गाउँपालिका –१ का ६० वर्षीय मोहन लम्साललाई फागुन १७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले २०७९ पुस १३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार कमल चौधरीले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १६ गते गरिएको छ ।