१८ वर्षीया युवतीलाई जागिरको प्रलोभन देखाएर मानव बेचबिखन तथा ओसारपसार गरी यौन कार्यमा लगाएको आरोपमा प्रहरीले शोषण गरी देहव्यपारमा लगाएको आरोपमा प्रहरीले जिल्ला सर्लाही जिल्ला इश्वरपुर नपा–१४ स्थायी घरभई बुटवल उपमनपा– १० मा नमस्ते होटल एण्ड रेष्टुरेण्टका सञ्चालक ३१ वर्षीय प्रदिप मगरलाई फागुन १३ गते बुटवलबाट गरिफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पीडितहरुलाई ०७८ पुस १७ गतेदेखि पुस २८ गतेसम्म बन्धक बनाएर यौन कार्यमा लगाएको भन्दै पीडितले फागुन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी श्यामु आचार्यले बताउनु भयो ।
पीडितले दिएको उजुरीको आधारमा कारवाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी आचार्यले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १३ गते भीम अस्पताल भैरहवा गरिएको छ ।