INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका अपहरण घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा विष्णपुर गाउँपालिका–६ रञ्जितपुर टोलका २२ वर्षीय मनोजकुमार राम, उनका दाजु २५ वर्षीय रुपेशकुमार राम, उनीहरूका बुबा ५५ वर्षीय जितु राम र जितुका भतिजा २५ वर्षीय रञ्जयकुमार रामविरुद्ध फागुन १४ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।

उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेश पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरेको हो । आरोपितहरू हालसम्म फरार रहेकोले जिल्ला अदालतबाट फागुन १४ गते पक्राउ पुर्जी समेत जारी गरिएको अदालतले जनाएको छ ।

राजविराज नगरपालिका–८ मा बसेर पढिरहेकी बालिकालाई ललाई फकाई मनोजले अन्य आरोपितहरूको सहयोगमा ०७९ मङ्सिर २२ गते साँझ अपहरण गरेको पीडितका बुबाले बताउनु भएको छ । आरोपितहरू कोही पनि गिरफ्तार भएका छैनन् ।

आरोपित मनोज र पीडित भनिएकी बालिका सम्पर्कमा नरहेको मनोजका ठूलो बुबा शिबु हरिजनले बताउनु भयो । हरिजनका अनुसार मनोज र बालिका ०७९ कात्तिक २३ गते पनि सहमतिमा घरबाट भागेकोेमा फेला पारी कात्तिक २७ गते विष्णुपुर गाउँपालिका–६ का वडाअध्यक्ष परमानन्द यादवको रोहवरमा अभिभावकको जिम्मा लगाइएको थियो ।

अन्य

भिडियो