१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७९ वर्षीय हजुरबुबालाई फागुन १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ फागुन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको हाडनाता करणीको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि फागुन १३ गते घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी सरत थापा क्षेत्रीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १३ गते गरिएको छ ।