INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या आरोपित गिरफ्तार

महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका ७० वर्षीय ज्येष्ठ नागरिक मानबहादुर बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय निरोज कटुवाललाई फागुन १३ गते गिरफ्तार गरेको छ ।

बस्नेतको शव फागुन १२ गते सुत्ने कोठामा र टाउको घरभन्दा एक किलोमिटर पर फेला परेको थियो ।

मृतकको कान कटुवालको घर नजिक पुरेको भेटिएकोले घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका  इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताउनु भयो ।

बस्नेतको फागुन ११ गते राति सुतेको अवस्थामा हत्या भएको प्रहरीको भनाइ छ ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा फागुन १३ गते गरिएको छ ।

अन्य

भिडियो