INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण र बलात्कार कसूरमा कैद सजाय

१४ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसूरमा तिरहुत गाउँपालिका–४ लोहजराका १८ वर्षीय चतुरलाल भनिने चतुरीलाल मण्डललाई फागुन ११ गते ३ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले मण्डललाई अपहरण गरी बलात्कार गरेको कसूर ठहर गर्दै ३ वर्ष कैदका साथै ३० हजार रूपियाँ जरिवाना तिराउने र ३० हजार पीडितलाई क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ । योसँगै मण्डलले फौजदारी कसूर पीडित राहत कोषमा १ हजार २ सय रूपियाँ जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी भरत पोखरेलले बताउनु भयो ।

मण्डलले ललाई फकाई अपहरण गरी कञ्चनरूप नगरपालिका–५ पिप्रापूर्व पथरीका श्रीपत खंग खत्वेको घरमा लगेर २०७५ मङसिर ४ गते बलात्कार गरेका थिए । पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा मङसिर २८ गते उजुरी दिनु भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरूपले मङसिर २८ गते उजुरी दर्ता गरी सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह स्पतालमा पीडितको स्वास्थ्य परिक्षण गराएको थियो ।

जिल्ला अदालतमा ०७८ मङ्सिर १६ गते हाजिर भएकाा आरोपित सोही दिनदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । उक्त घटनामा सहयोग गर्ने र कञ्चनरूप नगरपालिका–५ पिप्रापूर्व पथरीस्थित माइत पुर्‍याउने तिरहुत गाउँपालिका–५ की २५ वर्षीया रेखाकुमारी मण्डल फरार रहेकीले उहाँको हकमा मुद्दा मुल्तबीमा राख्ने अन्तिम आदेश भएको छ ।

अन्य

भिडियो