महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका ७० वर्षीय ज्येष्ठ नागरिक मानबहादुर बस्नेतको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ ।
पीडितको शव फागुन १२ गते घरमा भेटिएको र टाउकोको भाग घरभन्दा एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताउनु भयो ।
महालक्ष्मी नगरपालिका–५ ज्यामिरे घरमा फागुन ११ गते राति सुतेको अवस्थामा अज्ञात पक्षले हत्या गरेको प्रहरीको भनाइ छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा फागुन १२ गते गरिने भएको छ ।
घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।