INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिका शिक्षा प्रमुख माथि दुर्व्यवहार गरेको आरोपमा उजुरी दर्ता

खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लमाथि दुर्व्यवहार गरेको आरोपमा पीडितले खजुरा गाउँपालिका–७ का २८ वर्षीय असलम भाट, रामकुहार अहिरलगायत २५ जना विरूद्ध इलाका प्रहरी कार्यालय धनौलीमा फागुन १० गते उजुरी दिएका छन् ।

खजुरा गाउँपालिका –७ स्थित श्री नेरा मावि गोदहना विद्यालय व्यवस्थापन समिति गठन विषयमा मनोनित सदस्यको सहमति लामो समयसम्म हुन नसक्दा सर्व पक्षिय बैठकमा माइन्यूट लेख्ने क्रममा दुर्व्यवहार भएको हो ।

बैठकमा छलफलका क्रममा समितिको दुई पक्षिय सहमति नहँदा  खजुरा गाउँपालिका शिक्षा नियमावली अनुसार मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने क्रममा  आरोपितहरूले मल्लमाथि दुर्व्यवहार गरेको  प्रधानाध्यापक ज्योतीप्रकाश पौडेलले बताउनु भयो ।

असलम भाटको नेतृत्वमा गाडी प्रयोग गरी ज्येष्ठ नागरिक र महिलाहरूलाई लिएर छलफलमा आएको समूहले माइन्यूट खोसेर लिई अभद्र व्यवहार गरेको मल्लले बताउनु भयो ।

खजुरा गाउँपालिका –७ स्थित श्री नेरा माविमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रक्रियाबाट ०७९ माघ १६ गते निर्वाचन गरिएको थियो । जसमा रामकुहारे अहिर, नन्की यादव, फुलजहा खाँ, इरफान खाँन, निर्वाचित हुनु भएको थियो । माघ १८ गते बसेको बैठकले तीन मनोनित सदस्यको छनौट गर्नु पर्ने विषयमा विवाद भए पछि छनौट हुन सकेको थिएन ।

शिक्षा नियामावली २०५९, शिक्षा नियमावली कार्यविधि २०७४ अनुसार चार जना निर्वाचित ,एक जना शिक्षक प्रतिनिधि, एक जना वडा जनप्रतिनिधि , विद्यालय प्रध्यानाध्यापक सदस्य सचिव र दुई जना अन्य मनोनित सदस्य हुने गरी नौ जनाको समिति गठन हुने व्यवस्था रहेको छ  ।

अन्य

भिडियो