चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–४ भवानीपुरका ४० वर्षीय सुरजकुमार विकलाई फागुन ७ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले खेलाउने बहानामा फागन २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित परिवारका अनुसार बालिकालाई खेलाउने बहानामा यौन दुर्व्यवहार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको हो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।