१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चक्रघट्टा गाउँपालिका–५ पिडरियाका ३६ वर्षीय समिर मन्सुरविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन ८ गते पीडितको बुबाले उजुरी दिएको छ ।
पीडितलाई आरोपितले फागुन १ गते पीडितकै घरको उत्तर तर्फ रहेको फूलबारीमा बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितकी बुबा ४२ वर्षीय सकिरा मिकरानीले बताए ।
घटना पश्चात आरोपित मन्सुर फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर राकेश यादवले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको अस्पतालका प्रमुख डा. नवलकिशोर सिंहले जानकारी दिनु भयो ।