INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैद र तीन लाख जरिवानाको फैसला

६५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत गुल्मीले इस्मा गाउँपालिका–४ का ३६ वर्षीय कृष्णबहादुर सार्कीलाई माघ २७ गते नौ वर्ष कैद र ३ लाख रुपियाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश बसन्तराज पौडेलको इजलासले कसुर गरेको ठहर गर्दै उक्त कैद र जरिवाना गरेको अदालतका निमित्त श्रेस्तेदार कृष्णप्रसाद पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार जरिवाना बापतको रकम कसुरदारबाट पीडितलाई भराउने आदेश भएको छ ।

पीडितलाई आरोपितले महिलालाई ०७९ भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ १४ गते जिल्ला प्रहरी कार्यालयमा गुल्मीमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई भदौ १४ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ १४ गते गुल्मी अस्पताल तम्घासमा भएको थियो ।

अन्य

भिडियो