निजगढ नगरपालिका–१२ बुङजोर टोलकी ७१ वर्षीया कान्छीमाया घलानको बुङजोर खोलाको डिलमा ०७९ फागुन २ गते साँझ हत्या गरेको आरोपमा मृतकका कान्छा छोरा ४० वर्षीय सुन्नी लामालाई फागुन ३ गते हेटौडा नगरपालिका–१ बाट गिरफ्तार गरेको छ ।
फागुन १ गते आमासँग भएको घरायसी विवादका कारण सुन्नी लामाले कुटपिट गरि हत्या गरेको आरोपमा मृतकका जेठो छोरा आइतसिंह घलानले फागुन ३ गते इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिनुभएको छ ।
घटनापछि आरोपित जिल्ला मकवानपुर हेटौडा नगरपालिका–१ मा आफन्तको घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएको ईलाका प्रहरी कार्यालय निजगढका इनिस्पेकटर सञ्जिव ओली बताउनुभयो ।
शवको पोष्टमार्टम प्रादेशिक अस्पताल कलैयामा फागुन ३ गते भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सुनिल जयसवालले बताउनुभयो ।