१५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा अजिरकोट गाउँपालिका–४ साउनेपानी काडाझ्यालका ३४ वर्षिय विश्वास नेपालीलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ ।
०७९ असोज महिनाको अन्तिम देखि पटक÷पटक र फागुन १ गते दिउसो बलात्कार गरेको भन्दै साेही दिन फागुन १ गते मौखिक जाहेरी परेपछि आरोपितलाई गिरफ्तार गरिएको हो ।
आरोपित विरूद्ध पीडितका आफन्तले फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते गोरखा अस्पतालमा भएको छ ।