INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बेलकोटगढी नगरपालिका–४ डाँडाखर्कका ६८ वर्षीय केदारबहादुर भन्ने ऋषिबहादुर बाँसकोटालाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन २ गते  दुई वर्ष कैद सजायको फैसला गरेको छ ।  

जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै दुई वर्ष कैद सजाय२० हजार जरिवाना र २५ हजार रुपैयाँ  पीडितलाई क्षतिपुर्ति भराउन समेत आदेश भएको जिल्ला अदालतको सूचना अधिकारी तथा इजलास अधिकृत रीता लामिछानेले जानकारी दिनुभयो ।  

बालिकालाई बाँसकोटाले ०७७ मङ्सिर २४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २९ गते उजुरी दर्ता भएको थियो ।  

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते त्रिशूली अस्पतालमा गरिएको थियो ।  

जिल्ला अदालतले आरोपित बाँसकोटालाई ०७७ पुस १६ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।  

अन्य

भिडियो