INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर लागेका बरेङ गाउँपालिका– ३ का २४ वर्षीय अनिल श्रीषलाई १२ वर्ष कैद सजाय भएको छ ।

न्यायाधीश दिवाकर भट्टको फागुन २ गतेको अन्तिम आदेशले श्रीषलाई कैदसँगै ४ लाख जरिवना र २० हजार क्षतीपूर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

पीडित बालिकालाई ०७९ जेठ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपित श्रीषलाई जेठ ३० गते गिरफ्तार गरी असार १९ गते जिल्ला अदालत बागलुङमा मुद्दा दर्ता गरेको थियो ।

आरोपितलाई अदालतको असार २० गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा राखिएको थियो ।

अन्य

भिडियो