१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–३ का १९ वर्षीय विरु यादवलाई माघ २७ गते बुटवलबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७८ पुस १८ गते बलात्कार गरेको भन्दै पीडितले माघ २७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभयो ।
पीडित परिवारका अनुसार ०७८ पुस १८ गते प्रेमको प्रलोभन देखाएर पटक पटक बलात्कार गरेर भागेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएकोे इन्सेककर्मीलाई बताउनु भयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।