१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका–१५ का २२ वर्षीय सिताराम आरखलाई माघ २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २६ गते बलात्कार प्रयास गरेको भन्दै पीडत पक्षले माघ २६ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा गरिएको डाक्टर मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने