INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ ठाकुरापुरका २८ वर्षीय करण पासीलाई माघ १८ गते घरबाट  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  माघ ५ गते काम बलात्कार गरेको भन्दै माघ १८ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनुभयो ।

पीडित परिवारका अनुसार माघ ५ गते काम छ भन्दै बोलाएर बलात्कार गरेकोले न्यायका लागि उजुरी दिएको हो ।

उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर गजेन्द्र रावलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।

 

अन्य

भिडियो