INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–४ का ३३ वर्षीय झविन्द्र अर्याललाई माघ २० गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले माघ १९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो ।

पुस २८ गते यौन दुरव्यवहार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

उजुरीका आधारमा कारवाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १९ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ  ।

अन्य

भिडियो