INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले महालक्ष्मी नगरपालिका–३ का ३१ वर्षीय थर्कबहादुर खड्कालाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको ०७९ माघ ११ गतेको इजलासले कसुर गरेको ठहर गरी १२ वर्षको कैद सजाय सुनाएको अदालतका श्रेस्तेदार राजन बाँस्तोलाले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ वैशाख २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २६ गते इलाका प्रहरी कार्यालय जीतपुरमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०७९ असार ७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दाको पेशी ०७९ भदौ १३, पुस २१ र माघ ११ गते भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ वैशाख २७ गते गरिएको थियो ।

अन्य

भिडियो