INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्याका घटनाका आरोपित गिरफ्तार

अरूण गाउँपालिका–२ की ४१ वर्षीया गङ्गा श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ज्ञानबहादुर श्रेष्ठलाई माघ १५ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा माघ १४ गते पत्नीको घाँटी थिचि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरत थापा क्षेत्रीले बताउनु भयो ।

पत्नीको हत्या गरेको विषयमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ १५ गते गरिएको छ ।

पीडित पक्षले माघ १५ गते शव बुझी अरूण गाउँपालिका–२ मा सद्गत गरेको छ ।

अन्य

भिडियो