INSEC Online

📅 २०८३ श्रावण २

बलात्कार घटनाका फरार कसुरदार सात वर्षपछि गिरफ्तार

बलात्कार  घटनाका फरार कसुरदार बर्दगोरिया गाउँपालिका–५ रामपुरका ५२ वर्षीय सिताराम चौधरीलाई प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा माघ १५ गते गिरफ्तार गरेको  छ ।

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, कैलालीले २०७४ जेठ ७ गते चार वर्ष ११ महिना २६ दिन कैद सजायको फैसला सुनाएको थियो ।

बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले आरोपित विरुद्ध २०७३ भदौमा ५ गते इलाका प्रहरी कार्यालय, सुखडमा भदौ ७ गते उजुरी दिएका थिए ।

घटनापछि फरार रहेका कसुरदारलाई प्रहरीले गिरफ्तार गरी माघ १६ गते जिल्ला अदालतमा पेश गरेको वर्दगोरिया गाउँपालिका—५ का वडाध्यक्ष भोलेराम चौधरीेले बताउनु भयो  ।

पीडितको स्वास्थ्य परीक्षण ०७३ भदौ ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको पीडितको बुवाले बताउनु भयो ।

अन्य

भिडियो