कोहलपुर नगरपालिका–२ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले माघ १५ गते दुई वर्षीय छोरा र ३० वर्षीय पत्नीलाई पेट्रोल छर्किएर आगो लगाएका कारण छोराको मृत्यु भएको छ भने पत्नी घाइते छन् ।
आरोपितले घरयासी विवादमा पत्नी गंगा बिक र छोरा प्रिन्स बिक माथि पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ । घाइते भएका प्रिन्सको माघ १६ गते बिहान भेरी अस्पतालमा मृत्यु भयो भने पत्नी गंगाको आइसियु उपचार भइरहेको छ ।
गंगाको हात, घाँटी, खुट्टा र शरीरमा जलेको छ । चिकित्सकका अनुसार गंगाको ४५ प्रतिशत भाग जलेको छ ।
घटनापछि भारततर्फ भाग्दै गरेका आरोपितलाई प्रहरीले नेपाल भारत सिमाबाट गिरफ्तार गरेका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताउनु भयो ।
मृतक प्रिन्सको शवको पोष्टमार्टम माघ १६ गते भेरी अस्तालमा गरी आफन्तलाई जिम्मा लगाइएको छ ।