१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका–५ का ३० वर्षीय गणेश शिवालाई माघ २ गते गिरफ्तार गरेको छ ।
पीडितलाई बालिकालाई आरोपितले ०७९ पुुस ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि खाँदवारी नगरपालिका–५ माल्टाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २ गते गरिएको छ ।