INSEC Online

📅 २०८३ असार १२

मानव बेचबिखनको आरोपमा तीन जना गिरफ्तार

२५ वर्षीय महिलालाई बेचबिखनको आरोप लागेका महोत्तरी जिल्ला गौशाला नपा–१ भरतपुर टोलका ३७ वर्षीय रमेश श्रेष्ठ, वीरगंज मनपा–८ गहवा बस्ने ५४ वर्षीय अनिल कुमार अरोरा र लमजुङ जिल्ला राइनास नपा–४ सातबिसे बजारका ३२ वर्षीय डोलनाथ कट्टेललाई पर्सा प्रहरीले ०७९ पुष २५ गते वीरगंजको होटेल रानीपोखरीबाट गिरफ्तार गरेको छ ।

पीडितले होटेलका म्यानेजर अरोरा र कुकको काम गर्ने श्रेष्ठले पैसा दिने प्रलोभन देखाई कट्टेलका निम्ति खरिद गरेको भनी उनीहरूको बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पुष २४ गतेउजुरी दिएकी थिइन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिवादी बिरुद्ध मानव बेचबिखनमा मुद्दा दर्ता गरि अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयले पुष २५ गते जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिइ अवश्यक अनुसन्धान गरिहरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए ।

अन्य

भिडियो