१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–७ का २४ वर्षीय विशेष बिकलाई पुस २३ गते देवदहबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस १६ गते बलात्कार गरेको भन्दै पीडितले पुस १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो ।
जागिर लगाइदिने प्रलोभन देखाएर बुटवलस्थित होटल क्लसमा लगेर बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएकोे पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।