इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले पुस २५ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अनुगमन गर्नु भएको छ ।
कार्यकारी निर्देशक गौतमले इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कर्मचारीहरूसँगको बैठकमा भइरहेको कामको जानकारी लिनुको साथै कार्ययोजना अनुसार काम भए नभएको विषयमा जानकारी लिनु भएको थियो ।
कार्यक्रम अधिकृत सरस्वती मल्ल, प्रलेख अधिकृत विनोद पाण्डे र परियोजना अधिकृत टेकनाथ आचार्यले सञ्चालित परियोजनाका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
इन्सेक प्रदेश संयोजक भोला महतले प्रदेशको मानव अधिकार अवस्थाका साथै प्रदेश कार्यालयले बनाएका योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।
यसैगरी, कर्णली प्रदेश संयोजक नारायण सुवेदीले कर्णली प्रदेश कार्यालयले सम्पन्न गरेको काम र सम्पन्न गर्न बाँकी रहेको कामको बारेमा जानकारी गारउनु भएको थियो ।
कार्यकारी निर्देशक गौतमले प्रदेश कार्यालयले गरेका कामहरूको अभिलेख दुरूत्स राख्नुको साथै स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न सुझाव दिनु भएको थियो ।
यसैगरी, नेपालगञ्जमा सम्पन्न हुन गइरहेको फोरम थिएटर कार्यशालाका विषयमा कार्यकारी निर्देशक गौतमले प्रशिक्षक सुशील चौधरीसँग भेटेर छलफल गर्नु भएको छ ।