कविलासी नपा–९ सलेमपुरकी २९ वर्षीया अञ्जली कुमारी साहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नपा–४ का ४८ वर्षीया दिनेश राय, कौडेना गापा–७ का ३८ वर्षीया रन्जु देवी राय र उनका पति ४२ वर्षीया मुकेश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०७९ पुस २४ गत उजुरी दिएकी छिन् ।
पति ३६ वर्षीया चन्दनप्रसाद साह माथी जबरजस्ती करणी मुद्दा चलिरहेको हुँदा आरोपितहरूले सो घटनासंग सम्बन्धीत कपाली कागज बनाउनका साथै दुर्व्यवहार गरेको तथा ज्यान मार्ने जस्ता धम्की दिएको पीडितको भनाइ छ ।
आरोपितहरूलाई कानुन बमोजिको कारबाही प्रक्रिया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी नरेश राज सुवेदीले बताए ।