१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेलधुरा जिल्ला घरभइ ललितपुर महानगरपालिका–१७ सिन्चाहिटीमा बस्ने ३० वर्षीय मनोजबहादुर साउदलाई प्रहरीले ०७९ पुस २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ललाइ फकाइ विवाह गर्ने प्रलोभन देखाइ निवासमा लगि ०७८ चैत १० गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले ०७९ पुस ४ गते जिल्ला प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।
आरोपितलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर जावलाखेलका एसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ४ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक तथा प्राध्यापक डाक्टर रवि शाक्यले बताउनु भयो ।