२३ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ अधिकारी चोकका ३० वर्षीय राजेन्द्र अधिकारीलाई पुस २१ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस २१ गते साँझ घरमा कोही नभएको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस २३ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनु भएको थियो ।
पीडित परिवारका अनुसार घरमा कोही नभएको अवस्थामा आरोपितले बलात्कार प्रयास गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएका हुन् ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्ननाथ मरासिनीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २१ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।
यसैगरी, १५ वर्षीया बालिकालाई यौन दर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–६ सुख्यौराका २५ वर्षीय मधु सोमरेलाई पुस २१ गते साँझ घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बुवाले पुस २२ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनु भयो ।
आमा बैदेशिक रोजगारीमा गएको र बुवा काममा गएको मौका छोपेर आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।
मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्ननाथ मरासिनीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २१ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।