INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकारकर्मीद्वारा बालसुधार गृह, कारागार र हिरासत कक्षको अनुगमन

इन्सेक लुम्विनी प्रदेश कार्यालय नेपालगञ्जको अयोजनामा मानव अधिकारकर्मी द्वारा बालसुधार गृह, कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको  पुस २० गते नुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका नेपालगञ्जकी प्रमुख द्वारिका अधिकारी, इन्सेक नेपालगञ्जकी  अधिकृत सरस्वती मल्ल, एडभोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, नेपालगञ्ज उच्च बारका पुर्व अध्यक्ष बलबहादुर चन्दको संयुक्त टोलीले अनुगमन गरेको हो ।

एक वर्ष नपुगेका कैदी बन्दीलाई जाडोको कपडा नदिने सरकारी नितिका कारण कपडाको समस्या परेको थुनुवाहरूले अनुगमन टोलीलाई बताएका थिए ।

८० जनाको क्षमता रहेको बालसुधार गृहमा २ सय २७ जना बालक रहेका छन ।  जिल्ला कारागारमा ३ सय ५०जनाको  क्षमता रहेकामा ८ सय ४४ कैदी बन्दी रहेको अनुगमनका क्रममा पाइयो ।

बाँकेमा सितलहर चलेसँगै न्यानो कपडा अपुग हुँदा सुधार गृहमा रहेका बालक र कारागारमा रहेका कैदी÷बन्दीहरू प्रर्याप्त ओड्ने ओछ्याउने बिस्तरा नहुँदा जाडोमा समस्या भएको अनुगमन टोलीका बसन्त गौतमले बताउनु भयो ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा पनि क्षमता भन्दा बढी ४३ जना थुनुवाहरु रहेका छन ।  क्षमता भन्दा बढी हुदा हिरासत कक्ष बाहिर बरण्डामा पनि थुनुवालाई राखिएको पाइयो ।

अनुगमन टोलीले थुना केन्द्रको अवस्था, थुनुवा, कैदी बन्दीको आधारभुत मानव अधिकार उपभोगको अवस्था, उनीहरू उपरको मानवोचित व्यवहार लगायतका बिषयमा चासो राखेको थियो ।

अनुगमन टोलीले पुस १३ गते बालसुधार गृहको भेन्टीलेशनबाट भागेका १९ वर्षीय कृष्ण नगरकोटी, २२ वर्षीय अविनास पुन मगर, २१ वर्षीय पुरन चौधरी र १९ वर्षीय धर्म थापालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा भेटेको थियो ।

उनीहरुले आफूहरूलाई कोठामा थुनेर राख्ने, कसैलाई भेट्न नदिने र खेल्न, घाम ताप्न नदिने र प्रतिशोधपुर्ण ब्यवहार गरेका कारण सुधार गृहबाट भाग्न बाध्य भएको बताएका थिए ।

उक्त घटनाका बारेमा बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगर र  सुरक्षा प्रमुखसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा केही बालकहरूका कारण सुधार गृहको सुरक्षा व्वस्थापनमा समस्या भएको मगरले बताउनु भयो ।

अन्य

भिडियो