INSEC Online

📅 २०८३ जेष्ठ २२

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक सम्पादन तथा मानव अधिकार अवस्था विषयक अन्तरक्रिया

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३को वार्षिक सम्पादन भेला नेपालगञ्जमा पुुस २० र २१ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार उलङ्घनका  पीडितहरूको कानुनी प्रक्रिया र न्यायमा पहुँचको अवस्था बारे गहन छलफल हुनुपर्ने र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सम्पादन सत्यतथ्य हुनुपर्ने बताउनु भयो । न्याय प्रक्रियामा सहयोग भएकाहरूको अभिलेख राख्न जरुरी रहेको बताउनु भयो ।

जिल्ला प्रतिनिधिहरूले संकलन गरेका मानव अधिकार उलङ्घन तथा ज्यादतीका २ हजार घटनाहरू अभिलेख गरेको जानकारी गराएका थिए । जस मध्ये बलात्कार, घरेलु हिंसा, मानव बेचबिखन तथा ओसार पसार ,यौन दुर्व्यवहार र घरेलु हिंसाका घटनाहरू रहेका छन ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठी र रमेशप्रसाद तिमिल्सिेनाले वर्ष पुस्तकमा समावेश गरिने घटनाहरूको पुष्टि र पुनर् पुष्टिको बारेमा सहजीकरण गरेका थिए ।

ohoto202301050abanke

अन्य

भिडियो