सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पर्वत फलेबास घर भई पोखरा लेखनाथ मनपा-१ बस्ने २८ वर्षीय अशोक पौडेललाई जेठ १६ गते गिरफतार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यलयमा पीडितका अभिभावकले उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्कबहादुर खत्रीले बताए ।