बागलुङको निसीखोला गाउँपालिका–६ रोबाङकी ३० वर्षीया मिना घर्तीको कुटपिट पछि हत्या गरेका ३३ वर्षीय पति धनबहादुर घर्ती विरूद्ध पीडीत पक्षबाट उजुरी दर्ता भएको छ ।
पुस १६ गते राती कुटपिट गरि पत्नीको हत्या गरेपछि धनबहादुर फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगाबहादुर थापाले बताउनुभयो ।
मिनाको हत्या भएको १३ घण्टापछि मात्र पुस १७ गते प्रहरीले सूचना पाएको थापाको भनाई छ ।
हत्या हुनुभन्दा पहिले पनि पती पत्नी विच पटक पटक विवाद र कुटपिट हुने गरेको स्थानीयबाट जानकारी आएको डिएसपी थापाले इन्सेकलाई बताउनुभयो ।
हत्या गरी फरार भएका घर्तीको खोजि भइरहेको उहाँको भनाइ छ । मिनाको शव पुस १७ गते बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पोस्मार्टम पछि माइती र घर पक्षलाई जिम्मा लगाइएको डिएसपी थापाले बताउनुभयो ।