INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–१ बेलहियाका २४ वर्षीय सचिन थापालाई पुस १२ गते बेलहियाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस ११ गते बलात्कार गरेको भन्दै पीडितले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

आफूलाई आरोपितले बाटोमा हिडिरहेको बेला छेकेर बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण पुस १२ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो